कोरोना सङ्क्रमणबाट थप एकको मृत्यु

१९ असोज, काठमाडौं ।  चितवनमा कोभिड–१९ सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

भरतपुर अस्पतालमा उपचारका लागि ल्याइएका भरतपुर महानगरपालिका–३ का ७० वर्षीय पुरुषको आज बेलुका ७ः१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

उपचारका लागि कोभिड आइसियुमा आइपुग्दा ती पुरुष मृतावस्थामा रहेको अस्पतालले जनाएको छ ।

मृतकका आफन्तका अनुसार ती उनलाई ज्वरो, खोकी र श्वासप्रश्वास, मधुमेह र उच्च रक्तचापको समेत समस्या थियो ।

ती पुरुष चार दिनअघि कोरोना सङ्क्रमण पुष्टि भई होम आइसोलेसनमा बस्दै आइरहेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया