आज कहाँ कति थपिए कोरोना संक्रमित ?

१९ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र १५३१ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ११७८ जना , ललितपुरका २५० जना र भक्तपुरका १०३ जना छन् ।

यस्तै सुनसरीका १२२ जना, चितवनका १०३, रौतहटका ८४, नवलपुरका ६६, रुपन्देहीका ५८, मोरङका ५५, काभ्रे र कास्कीका ३६/३६ जना, कैलालीका ३३, सुर्खेतका ३०, बाँकेका २२, बाग्लुङका १८, गोरखा र गुल्मी १७/१७ जना, मकवानपुरका १५, अर्घाखाँचीका १३, धादिङ र रामेछापका १२/१२ जना, नुवाकोट र तनहुँका १०/१० जनामा कोरोना संक्रमण देखिएको छ ।

सर्लाहीका ९ जना, झापा, पर्सा, बारा, कपिलवस्तु र बर्दियाका ८/८ जना, सिराहा, दाङ, पाल्पा र कञ्चनपुरका ६/६ जना, उदयपुर, सप्तरी, सिन्धुपाल्चोक, नवलपरासी र प्युठानका ५/५ जना, स्याङ्जाका ४, ओखलढुंगा, खोटाङ, पर्वत र दैलेखका ३/३ जना, महोत्तरी, सिन्धुली, लजमुङ, डडेलधुरा, डोटी, दार्चुला र बैतडीका २/२ जना तथा इलाम, तेह्रथुम, धनकुटा, संखुवासभा, धनुषा, दोलखा, कालीकोट, रुकुम पश्चिम, सल्यान, अछाम, बझाङ र बाजुराका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया