यस वर्ष मन्दिरमा सार्वजनिक जमरा नराखिने

१९ असोज, काठमाडौं । कोभिड–१९ को कारण विगतमा झै यस वर्ष भद्रपुर–१० स्थित काली मन्दिरमा सार्वजनिक जमरा नराखिने भएको छ ।

मन्दिर सञ्चालक समितिले कोभिड–१९ को महामारीका कारण सरकारले मन्दिरमा भेला हुनसमेत बन्देज गरेका कारण जमरा राख्ने र भीडभाड नगर्ने निर्णय गरेको समितिले जानकारी दिएको छ ।

काली मन्दिरमा वर्षौं अघिदेखि हिन्दू धार्मिक विधिअनुसार वडादशैंँको घटस्थापनामा जमरा राखी नवरात्रिभरि पूजाआजा गरिँदै आएको थियो । समितिका अध्यक्ष भीम पौडेलले भने , “कोरोनाले मुलुक आक्रान्त भएका बेला जमरा राख्ने कार्य स्थगित गरेका छौँ ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया