लिभरपुल र म्यानचेस्टरको लज्जास्पद हार


१९ असोज, काठमाडौं । आइतबार इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लाले ओली वाटकिन्सको ह्याट्रिकमा लिभरपुललाई अविश्वसनीय रूपमा ७–२ ले हराएको छ । अप्रत्याशित हारपछि लिभरपुलको लिगमा शतप्रतिशत जितमा पनि धक्का लागेको छ ।

वाटकिन्सले चौथो र २२ औं मिनेटमा गोल गरेपछि लिरभपुलका तर्फबाट मोहम्मल सलाहले एक गोल फर्काए । जोन म्याकगिनले फेरि भिल्लाको अग्रता बढाए भने वाटकिन्सको ह्याट्रिक ३९ औं मिनेटमा पूरा भयो ।

त्यसयता रस बार्कीले एक तथा ज्याक ग्रेलिसले दुई गोल गरे । यसबीच सलाहले एक गोल थपे । सन् १९६३ यता लिरभपुलले सात गोल खाएको यो पहिलो पल्ट हो । यस्तै सन् २०१९ यता लिभरपुलको यो चौथो लिग हार मात्रै हो ।

यसअघि टोटनहमले दस खेलाडीमा सीमित म्यानचेस्टर युनाइटेडलाई ६–१ ले हराएको थियो । त्यसमा सन ह्युङ मिन र ह्यारी केनले दुई-दुई गोल गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया