आईपीएल : चेन्नाई सुपर किंग्सको १० विकेटको शानदार जित

१९ असोज, काठमाडौं । गएराति भएको आईपीएल क्रिकेट अन्तर्गत खेलमा चेन्नाई सुपर किंग्सले १० विकेटको शानदार जित हासिल गरेको छ ।

किंग्स इलाभेन पन्जाबले दिएको १७९ रनको लक्ष्य पछ्याएको चेन्नाईले विना विकेटको क्षतिमा १७.४ ओभरमा पूरा पर्यो ।

महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नाइको पाँचौं खेलमा यो दोस्रो जित हो भने पन्जाबको चौथो हार हो ।

चेन्नाइको जितमा ओपनरद्वय शेन वाटसन र फाप डु प्लेसिसले १८१ रनको साझेदारी गरे । वाटसनले ५३ बलमा ११ चौका र ३ छक्काको मद्दतमा ८७ रन बनाए । यसैगरी प्लेसिसले पनि ५३ बलमा ११ चौका र १ छक्काको मद्दतमा ८३ रन बनाए । वाटसन म्यान अफ द म्याच भए ।

यसअघि दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७८ रन बनाएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया