२२५३ कोभिड-१९ को संक्रमण पुष्टि, उपत्यकामा १५९९ जना

१८ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा २२५३ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजा ७८४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो।

उनीहरुमध्ये १५९९ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंका १३७३ जना, ललितपुरका १८७ र भक्तपुरका ३९ जनामा संक्रमण पुष्टि भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया