आज कहाँ कति थपिए कोरोना संक्रमित ?

१७ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २१२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सबैभन्दा धेरै संक्रमित काठमाडौँ उपत्यकामा छन् ।

उपत्यकामा आज मात्र ११७७ जनामा कोरोना संक्रमण भएको छ ।काठमाडौंमा १००१, भक्तपुरमा ६७ र ललितपुरमा १०९ जना संक्रमित भएका छन् ।

यस्तै सुनसरीका १२२ जना, मोरङका १११, रुपन्देहीका ९८, कैलालीका ९३, रौतहटका ८२, चितवनका ७५, सुर्खेतका ४३, बाराका २५, कास्कीका २२, सप्तरी र बाँकेका १९/१९ जना, पर्साका १८, काभ्रेका १४, धनुषाका १३, मकवानपुरका १२ तथा तनहुँ र बर्दियाका १०/१० जनामा संक्रमण पुष्टि भएको छ ।

झापा र दैलेखका ९/९ जना, सिराहा, धादिङ, नुवाकोट र नवलपुरका ८/८ जना, उदयपुर र पाल्पाका ७/७ जना, रामेछाप, गोरखा, कपिलवस्तु, नवलपरासी र प्युठानका ६/६ जना, खोटाङ, महोत्तरी, सर्लाही र कञ्चनपुरका ५/५ जना, ओखलढुंगा र दोलखाका ४/४ जना, संखुवासभा र लमजुङका ३/३ जना, स्याङ्जा, अर्घाखाँची, गुल्मी र डडेलधुराका २/२ जना तथा पर्वत, म्याग्दी, बाग्लुङ,रोल्पा, कालीकोछ, दाचुृला, बझाङ र बाजुराका १/१ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया