च्याम्पियन्स लिगमा बार्सिलोना र युभेन्टस समूह चरणमै भिड्ने

१७ असोज, काठमाडौं । यूईएफए च्याम्पियन्स लिगको नयाँ सिजन २०२०-२१ मा स्पानिस क्लब बार्सिलोना र इटालियन क्लब युभेन्टस समूह चरणमै भिड्ने भएका छन् ।

यसको अर्थ वर्तमान विश्व फुटबलका दुई ठूला स्टार लिओनल मेसी र क्रिस्टियानो रोनाल्डोको समूह चरणमा आमने सामने हुनेछन् र यस्तो हुन लागेको यो पहिलो पटक हो ।

ड्र अनुसार मेसीको कप्तानीमा रहेको बार्सिलोनासँगै युभेन्ट्स समूह जी मा रहेको छ । यस समूहमा डिनामो किएभ र फेरेन्साव्रोसी पनि छन् ।

साविक विजेता बायर्न म्युनिख र अर्को स्पानिस क्लब एट्लेटिको मड्रिड भने समूह ए मा परेका छन् ।

उता गत सिजनको उपविजेता फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन भने कठिन समूहमा परेको छ । समूह एचमा पेरिससँगै म्यानचेष्टर युनाइटेड आरबी लाइपजिग र इस्तानबुल बसाकसेइर छन् । बसाकसेइर पहिलो पटक च्याम्पियन्स लिगमा छनोट भएको हो ।

सर्वाधिक १३ पटककको च्याम्पियन्स लिग विजेता रियल मड्रिड युक्रेनको शाख्तार डोनेस्क, इटालीको इन्टर मिलान र जर्मन टोली बोरुसिया मोन्चेनग्लाडबाक समूह बी मा परेका छन् ।

हेनोस् कुन समूहमा कुन टिम

फेसबुकबाट तपाईको प्रतिक्रिया