कोरोना सङ्क्रमितले जन्माइन् स्वस्थ शिशु

१६ असोज, काठमाडौं । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड –१९ अस्पतालमा एक कोरोना सङ्क्रमितले स्वस्थ शिशु जन्माएकी छन् ।

झापा बिर्तामोडकी २९ वर्षीया गर्भवतीको शल्यक्रियामार्फत बिहीबार छोरी जन्माइएको हो । उनलाई यही असोज १२ गते सङ्क्रमण पुष्टि भएको थियो ।

बिपी प्रतिष्ठानमा उनलाई असोज १४ गते भर्ना गरिएको,शल्यक्रियामा संलग्न डा मनोजकुमार साहले जानकारी दिए ।

साहसहित डा अस्मिता पाठक, एनेस्थेसियाका विभागका डा जगत्प्रसाद, डा सहज पौडेल र नर्स गोमाको टोलीले उनको सफल प्रसूति गराएको थियो ।

अहिले आमा र शिशु दुवैको स्वास्थ्यावस्था सामान्य रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया