मृतावस्थामा भेटियो गैँडा

चितवन राष्ट्रिय निकुञ्जमा मृतावस्थामा गैँडा फेला परेको छ ।

निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार नवलपुरको लामिचौर नजिकै नारायणी नदीको बीच भङ्गालोमा आज मृतावस्थामा गैँडा फेला परेको हो ।

गैँडा एक-दुई महिना अघि कालगतीले मरेका हुनसक्ने अनुमान गरिएको छ । पोष्टमार्टम पछि मात्र अन्य कुरा थाहा हुने उनले बताए ।

गैंडाको खाग सुरक्षित रहेको निकञ्जले जनाएको छ । यसअघि गत भदौं २१ मा निकुञ्जमा एकसिङ्गे गैंडा मृतावस्थामा फेला परेको थियो ।

निकुञ्जमा चालु आर्थिक बर्षमा मात्र चार गैँडाको मृत्यु भैइसकेको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया