२ हजार ७२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

१६ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ७२२ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १४ हजार ७३९ नमुना परीक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ । उनीहरुमध्ये ५२० जनाको मृत्यु भएको छ भने ६० हजार ६९६ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र ३३०७ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर २१ हजार २३४ सक्रिय संक्रमित छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया