१५ लाख नेपाली रुपैयाँसहित एकजना भारतीय नागरिक पक्राउ

१६ असोज, रौतहट । गौरस्थित दशगजा क्षेत्रबाट १५ लाख नेपाली रुपैयाँसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको सीतामढी बैरगनिया थाना क्षेत्रबन्तरगत असोगी–५ बस्ने वर्ष २० का राजुकुमार कांहारलाई रहेका छन् ।

शंका लागि चेक जाँच गर्दा कांहारले घुँडामाथि रबडको सहायताले लुकाएर ल्याउन लागेको श्रोत नखुलेको नेपाली  १५ लाख बरामद भएको रौतहट प्रहरी प्रमुख एसपी सिद्धिबिक्रम शाहले बताएका छन् ।

उनलाई  नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान  भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया