१० खेलाडीमा झरेर पनि बार्सिलोनाको सानदार जित

१६ असोज, काठमाडौं । युवा स्टार अंशु फाटीले लगातार दोस्रो खेलमा गोल गर्दा स्पानिस ला लिगामा बार्सिलोनाले शानदार जित हात पारेको छ ।

गएराति भएको खेलमा १० खेलाडीमा झरेर पनि बार्सिलोनाले सेल्टाभिगोलाई ३-० ले हरायो । बार्साका लागि फाटी र सरजी रोवर्टोले गोल गर्दा एक गोल उपहार पाएको थियो ।

फाटीले फिलिपे काउन्टिन्होको पासमा गोल गर्दै खेलको ११ औँ मिनेटनमा बार्सिलोनालाई अग्रता दिलाएका थिए । यो सिनज दुई खेलमा उनको यो तेस्रो गोल हो ।

यो सँगै अंशु फाटी स्पेनिस ला लिगामा बार्सिलोनका लागि १० गोल पूरा गर्ने दोस्रो १७ वर्षीय खेलाडी बनेका छन् । फाटीअघि बोजानले १७ वर्षको उमेरमा बार्साका लागि १० गोल गरेका थिए । फाटीले २७ लिगमा सो उपब्धि हासिल गरेका हुन् ।

खेलको दोस्रो हाफमा लुकास ओलाजाले आत्मघाती गोल गरेपछि बार्सिलोनाको अग्रता दोब्बर बन्यो । खेलको अन्त्यतिर सर्जी रोबर्टोले तेस्रो गोल गर्दै बार्सिलोनको जीत सुनिश्चित गरे ।

मेस्सीलाई यो उपलब्धि हासिल गर्न ३० खेल लागेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया