चितवनमा थप एक जनाको कोरोना सङ्क्रमणबाट मृत्यु

१५ असोज, काठमाडौं । चितवनमा थप एक जनाको कोरोना सङ्क्रमणबाट आज मृत्यु भएको छ ।

मृत्यु हुनेमा राप्ती नगरपालिका वडा नं ११ का ५५ वर्षीय पुरुष रहेको नगर प्रमुख प्रभा वरालले जानकारी दिए ।

उनका अनुसार क्यान्सरको समस्याका कारण अस्पताल भर्ना भएका ती पुरुषलाई अन्तिम अवस्था जनाउँदै अस्पतालले बुधबार घर फर्काएको थियो ।

मृत्युपछि आएको पिसिआर नतिजामा ती पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

यो संगै चितवनमा कोरोना सङ्क्रणबाट मृत्यु हुनेको सङ्ख्या २१ जना पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया