कोरोनाका कारण ६ वर्षीय बालकको मृत्यु

१५ असोज, विराटनगर । बुढीगंगा गाउँपालिका- २ टंकिशिनवारीमा रहेको विराट मेडिकल कलेजमा बिहीबार बेलुका कोरोना संक्रमित ६ वर्षीय बालकको मृत्यु भएको हो ।

मस्तिष्क ज्वरोका कारण सिकिस्त भएका बालकलाई भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको विराट मेडिकल कलेजको आइसोलेसन इञ्चार्ज सनिल देवले जानकारी दिए । उनका अनुसार मृतक बालक जनकपुर उपमहानगरपालिका- २ धनुषाका हुन् ।

बालकमा ८ असोजमा कोरोना पोजेटिभ देखिएको थियो । ९ असोजमा उनलाई विराटमा भर्ना गरिएको थियो ।

उपचारका क्रममा आइसोलेसन चार्ज बाहेक औषधि र अन्य शुल्क करिब तीन लाख रुपैयाँ उठेको थियो । तर आर्थिक अवस्था कमजोर भएका बालकको उपचारमा लागेको सबै खर्च मिनाहा गरिएको आइसोलेसन इञ्चार्ज देवले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया