अफगानिस्तानमा सडक दुर्घटना, १० जनाको मृत्यु

१५ असोज काठमाडौँ । अफगानिस्तानको हेरात प्रान्तका गभर्नरका प्रवक्ता जिलानी फराहादक अनुसार हेरात कान्दाहार राजमार्गमा बिहीबार भएको सडक दुर्घटनामा परी १० जनाको ज्यान गएको छ ।

उनले उक्त राजमार्गमा बिहीबार भएको सडक दुर्घटनामा परी १० जनाको ज्यान गएको बताए ।

दुर्घटना हेरात प्रान्तको दादर्सन जिल्लाको तपाखाई भन्ने स्थानमा सो दुर्घटना भएको बताए ।

उक्त सडकमा गुडिरहेको बस र विपरीत दिशाबाट आएको अर्काे सवारी साधन ठोक्किँदा त्यसमा रहेका यात्रुहरुको ज्यान गएको बताइएको छ । सो यात्रामा रहेका पाँच पुरुष, तीन महिला र दुई बालबालिकाको ज्यान गएको बसमा रहेका केही यात्रु घाइते भएका पनि समाचारमा जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया