भारतमा संक्रमितको संख्या ६३ लाख , ९८ हजार ६७८ हजारको मृत्यु


१५ असोज, नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा ८६ हजार ८२१ जना कोरोनाभाइरस संक्रमित व्यक्ति थपिनुका साथै एक हजार १८१ जना थप व्यक्तिको मृत्यु भएको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा बिहीबारसम्ममा कूल संक्रमितको संख्या ६३ लाख नाघेको छ ।

यस्तै कोरोना संक्रमितमध्ये मृत्यु भएका व्यक्तिको संख्या ९८ हजार ६७८ हजार पुगेको छ । भारतमा ५२ लाख ७३ हजार व्यक्ति निको भए पनि अझै ९ लाख ४० हजार मानिस सक्रिय संक्रमित अवस्थामा छन् ।

सर्वाधिक प्रभावित महाराष्ट्रमा २ लाख ५९ हजार व्यक्ति सक्रिय संक्रमित रहेका छन् भने ३६ हजार ६६२ जनाको ज्यान गएको छ ।

यस्तै कर्नाटकमा एक लाख ७ हजारभन्दा बढी व्यक्ति सक्रिय संक्रमित अवस्थामा रहेका र ८ हजार ८६४ जनाको मृत्यु भएको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदले हालसम्म ७ करोड ५६ लाख नमूना परीक्षण गरेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया