नेपालमा पहिलो पटक कोरोनाले लियो डाक्टरको ज्यान

१५ असोज सुर्खेत-नेपाल । नेपालमा कोरोना भाइरस (कोभिड- १९)का कारण चिकित्सक (डाक्टर) को मृत्यु भएको छ ।

सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा कार्यरत ५९ वर्षीय डाक्टरको नेपालगञ्जको भेरी अस्पतालमा बिहीवार मृत्यु भएको सामाजिक विकास मन्त्रालय प्रदेश ५ का सूचना अधिकारी डा. पुष्पराज पौडेलले जानकारी दिए ।

उनको स्थायी ठेगाना भने बाँकेकै खजुरा गाउँपालिका हो । ती डाक्टर असोज १ गतेबाट भेरी अस्पतालमा उपचाररत थिए । भदौ २९ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा बिहीवार दिउँसो उनको मृत्यु भएको सूचना अधिकारी पौडेलले जनाए ।

नेपालमा कोरोनाका कारण डाक्टरको मृत्यु भएको यो पहिलो घटना हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया