आज कहाँ कति थपिए कोरोना संक्रमित ?

१५ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सबैभन्दा धेरै संक्रमित काठमाडौँ उपत्यकामा छन् ।

उपत्यकामा आज मात्र ९४३ जनामा कोरोना संक्रमण भएको छ ।काठमाडौंमा ८१७, भक्तपुरमा ५८ र लितपुरमा ६८ जना संक्रमित भएका छन् ।

कैलालीमा १६१, मोरङमा १०५, रुपन्देही ९१, चितवनमा ८६, , सुनसरीमा ६६, , सिराहामा ३९, जुम्ला ३७, बाँकेमा ३०, पर्सा, कास्कीमा २८, कञ्चनपुरमा २४ जना रहेका छन् ।

त्यस्तै धनुषामा १९, महोत्तरी, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङमा १७/१७, सप्तरीमा १६, बारा, नवलपरासी पूर्व र बागलुङमा १४/१४, नुवाकोट र नवलपरासी पश्चिममा १०, दाङमा ९, तनहँमा ८ जनामा संक्रमण देखिएको छ ।

कालीकोटमा ७ जना, झापा र रामेछापमा ६/६ जना, सर्लाही, गोरखा र रुकुम पूर्वमा ५ जना, रौतहट, सिन्धुली, बर्दिया र बैतडीमा ४/४ जना, उदयपुर र ओखलढुंगा, दोलखा, सिन्धुपाल्चोक, कपिलवस्तु, गुल्मी, पाल्पा, रुकुम पश्चिम र सल्यानमा ३/३ जना संक्रमित भेटिएका छन् ।

खोटाङ, पर्वत, लमजुङ, दैलेख, मुगु र बझाङमा २/२ जना, ताप्लेजुङ र भोजपुर, स्याङ्जा, अछाम र डडेल्धुरामा १/१ जना संक्रमित भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया