थप १५५९ जनामा कोभिड–१९को संक्रमण पुष्टि

१४ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा  थप १५५९ जनामा कोभिड–१९को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार २०५ नमुना परीक्षण गर्दा ५८२ महिला र ९७७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कुल संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ । उनीहरुमध्ये ४९८ जनाको मृत्यु भएको छ भने ५६ हजार ४२८ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र १०५७ जना संक्रमणमुक्त भएका छन् । देशभर २० हजार ८९१ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये १० हजार ८०४ जना होम आइसोलेसन र १० हजार ८७ जना संस्थागत आइसोलेसनमा छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया