वैदेशिक रोजगार कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि श्रम स्वीकृति दिन बन्द

१४ असोज, काठमाडौं । वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति दिने काम बन्द भएको छ ।

कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सेवा रोकिएको हो ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले बताए ‘एक जना कर्मचारीमा कोरोना पुष्टि भएको छ, अन्य कर्मचारीमा पनि लक्षण देखिएको छ । कार्यालय त खुल्लै हुन्छ तर सबै प्रकारका सेवा भने बन्द गरिएको छ ।’

निषेधाज्ञापछि ताहाचलबाट वैदेशिक रोजगारीका लागि नियमित श्रम स्वीकृति जारी हुँदै आएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया