कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु

१४ असोज, विराटनगर । प्रदेश १ मा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । बुधबार कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगर र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १–१ जनाको पुरुषको मृत्यु भएको हो ।एक सय १० किलो तौल भएका पुरुषलाई श्वासप्रश्वास, उच्च रक्तचाप, मधुमेह, मोटोपनाको पुरानो समस्या थियो ।

कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत मोरङको जहदा गाउँपालिका–६ का ६० वर्षीय पुरुषको बुधबार बिहान ४ बजे मृत्यु भएको हो । मृतक पुरुषलाई उपचारका लागि असोज ४ गते बिहान कोभिड अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उनलाई आठ दिनयता भेण्टिलेटरमा राखिएको थियो ।

यसैगरी सप्तरीको राजविराज–४ घर भएका ३९ वर्षीय पुरुषको बुधबार बिहान करिब ३ बजे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । मृतक ९ असोजमा भर्ना भएका थिए ।ती पुरुषलाई विराटनगरको गोल्डेन अस्पतालले रेफर गरेको थियो ।

मधुमेह र उच्च रक्तचाप भएका पुरुषमा मिर्गौलाको समस्या पनि थियो । उनी नियमित डाइलायसिस गराउँदै आएका थिए । १० असोजमा भर्ना भएका पुरुषलाई भेण्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया