त्रिवि शिक्षण अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु


१३ असोज, काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

५७ वर्षकी महिला स्वास्थ्यकर्मीको त्रिवि शिक्षण अस्पतालको आईसीयूमा उपचाररत अवस्थामा मृत्यु भएको अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. सविन थपलियाले जानकारी दिए ।

उनलाई असोज ३ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनी अस्पतालमै उपचाररत थिइन् । उनमा दम र थाइराइडको समस्या पनि देखिएको अस्पतालले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया