देशभर १५१३ जना कोरोना संक्रमित थपिदा, ९३४ जना काठमाडौं उपत्यकामा मात्र

१३ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १५१३ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशाला १० हजार ८९२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । आज काठमाडौं उपत्यकामा मात्र ९३४ संक्रमित थपिएका छन् ।

यससँगै कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ । उनीहरुमध्ये ४९१ जनाको मृत्यु भएको छ भने ५५ हजार ३७१ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ७३१ जना संक्रमणमुक्त भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया