आईपीएल : रोयल च्यालेन्जर्स बैंगलोर सुपर ओभरमा विजयी

काठमाडौं । आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले ३ विकेटको क्षतिमा २०१ रन बनाएको थियो । २०२ रनको विजय लक्ष्य पछ्याएको मुम्बईले ५ विकेटको क्षतिमा २०१ रन नै बनाएपछि खेल बराबरी भयो । आईपीएल इतिहासमा दुई सयभन्दा धेरै रन बनाएर पनि म्याच टाई भएको यो पहिलो पटक हो ।

दुवै टिमको स्कोर बराबर भएपछि खेल सुपर ओभरमा गएको थियो ।

सुपर ओभरमा मुम्बईले बैंगलोरलाई ८ रनको लक्ष्य दिएको थियो । जसलाई विराट कोहली र एबी डिभिलयर्सले सजिलै लक्ष्य हासिल गरे ।

आईपीएलको यस सिजनमा यो दोस्रो सुपर ओभर हो । यसअघि दिल्ली क्यापिटल्सले किंग्स इलाभेन पन्जाबलाई सुपर ओभरमा हराएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया