माछापोखरीमा डुबेर बालिकाको मृत्यु

बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका–५ बस्ने १३ वर्षीया एक बालिकाको माछापोखरीमा डुबेर आज मृत्यु भएको छ ।

बढैयाताल गाउँपालिका–५ बस्ने पञ्चराम थारुकी १३ वर्षीया छोरी गरिमा थारुको मृत्यु भएको हो ।

घरबाट एक किलोमिटर पूर्वतिर रहेको आफ्नै माछापोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया