मोरङमा एकैदिन हालसम्मकै धेरै एक सय ३० जना कोरोना संक्रमित

विराटनगर । मोरङमा थप एक सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार कोशी अस्पताल र प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको स्वाब परीक्षणमा ५१ महिला र ७९ पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो । यो संख्या मोरङमा एकैदिन संक्रमित हुनेको हालसम्मकै धेरै हो ।

एकैदिन १३० जना संक्रमित थपिएपछि मोरङमा संक्रमितको संख्या २ हजार एक सय ८६ पुगेको छ ।

विराटनगरमा संक्रमितमध्ये २३ जनाको मृत्यु भइसकेको छ । प्रदेश १ मा यसअघि एकैदिन १८१ कोरोना संक्रमित थपिएका थिए । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ४३६ पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया