चलचित्र निर्देशक प्रेम शेर्मा माङ्जाबुङ्गेको निधन

काठमाडौं । लामो समयदेखि मिर्गौला र कलेजोको समस्याबाट पीडित चलचित्र निर्देशक प्रेम शेर्मा माङ्जाबुङ्गेको आज आफ्नै निवासमा निधन भएको छ।

उनी शहीद रत्नकुमार वान्तवाको जीवनीमा आधारित ऐतिहासिक फिल्म ‘देउमाइको किनारमा’ का लेखक तथा निर्देशक हुन् ।

पचपन्न वर्षीय शेर्मा मोरङको उर्लावारीस्थित आइतबारेमा परिवारसहित बस्दै आएका थिए । उनका श्रीमती, दुई छोरी र एक छोरा छन् ।

उनी फिल्मी क्षेत्रसँगै साहित्य र सांस्कृतिक आन्दोलनमा सक्रिय रहँदै आएक थिए । शेर्माको आज दिउँसो उर्लावारीस्थित सुनझोडा जङ्गलमा अन्त्येष्टि गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया