पीसीआर परीक्षणको रिपोर्ट प्रयोगशालाले सम्बन्धित व्यक्तिलाई दिन पाउने

काठमाडौं ।  अब पीसीआर परीक्षणको रिपोर्ट सबै प्रयोगशालाले सम्बन्धित व्यक्तिलाई दिन पाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ वा पोजिटिभ जे भए पनि सम्बन्धित व्यक्तिलाई दिन प्रयोगशालालाई निर्देशन दिएको बताएका छन् ।
 
यसअघि प्रयोगशालाले रिपोर्ट नेगेटिभ आएको खण्डमा सम्बन्धित व्यक्तिलाई र पोजिटिभ आएमा इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखालाई दिँदै आएका थिए । 

यसरी महाशाखालाई प्रयोगशालाले जानकारी गराएको आधारमा महाशाखाले पोजिटिभ देखिएका व्यक्तिलाई सङ्क्रमण भएको जानकारी दिने गर्दथ्यो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया