१५ वर्षीय बालक १२ वर्षीया बालिकाको हत्या आरोपमा पक्राउ,चटपटे खान भन्दै घरमा छिरेर हत्या

सुनसरी । १० असोज २ बजे राति  आफ्नै घरमा मृत अवस्थामा फेला परेकी १२ वर्षीया बालिकाको हत्या भएको पुष्टि भएको छ । सुनसरीको बराहक्षेत्र-१ कटहरेकी १२ वर्षीया मीना राई आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन् । छिमेकीको घरमा धामी लगाएर बिहानको २ बजे राति घर फर्केका परिवारले ढोका खोलेर भित्र पस्दा आफ्नो छोरीलाई मृत अवस्थामा भेटेर प्रहरीलाई खबर गरेका थिए । 

घटनास्थलमा खटिएको प्रहरी टोलीले मृतक बालिकाको शव शंकास्पद देखिएपछि अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका लागि विशेष टोली खटिएको थियो । 

मीनाकाे हत्यामा संलग्न भएकाे आरोपमा प्रहरीले स्थानीय १५ वर्षीय बालकलाई पक्राउ गरेको छ ।

बालिका एक्लै रहेका बेला चटपटे खान भन्दै घरमा छिरेका ती बालकले सामान्य भनाभनमा मीनाकाे हत्या गरेका प्रहरीले जनाएकाे छ । आरोपित बालकले मिनालाई सिसाको बोतलले टाउकोमा प्रहार गरी टिसर्ट र रुमालले घाँटी थिचेर हत्या गरेर घरमा गएर सुतेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया