आज कहाँ कति थपिए कोरोना संक्रमित ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकामा मात्र ८०९ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौं जिल्लामा मात्रै ६३३ जना संक्रमित थपिएका छन् । ललितपुरका १०४ र भक्तपुरका ७२ जना संक्रमित भएका छन् ।

यस्तै मोरङका १५२ जना, चितवनका ८३, सुर्खेतका ७६, कैलालीका ५६, रुपन्देहीका ४७, बर्दिया र बाँकेका ३३/३३ जना, बाग्लुङका ३२, दाङका ३०, कास्कीका २८, बझाङका २४, बारा र लमजुङका २०/२० जना, पर्साका १७, रौतहटका १६, कञ्चनपुरका १३ र सल्यानका १२ जनामा संक्रमण पुष्टि भएको छ ।

सप्तरी र नवलपुरका ८/८ जना, कपिलवस्तुका ६, रोल्पाका ५, तनहुँ र दैलेखका ४/४ जना, झापा, सुनसरी, महोत्तरी, नुवाकोट र सिन्धुपाल्चोकका ३/३ जना, गुल्मी, प्युठान र अछामका २/२ जना तथा भोजपुर, धनुषा, सर्लाही, सिराहा, धादिङ,मकवानपुर, रसुवा, रामेछाप, गोरखा, अर्घाखाँची, नवलपरासी, डोटी र बैतडीका १/१ जनामा पनि संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएकोछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया