धरानमा कोरोना संक्रमित एक जना पुरुषको मृत्यु

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित एक जना पुरुषको मृत्यु भएको छ ।

सप्तरीको राजविराज नगरपालिका–३ का ६३ वर्षीय पुरुषको आज बिहानपख १ः३० बजे मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

विराट मेडिकल कलेज बिराटनगरबाट रिफर भएर आएका उनी यही असोज ८ गते दिउँसो बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएका थिए ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई बिराटनगरबाट धरानस्थित बीपी प्रतिष्ठानमा रिफर गरिएको थियो । ती बिरामीमा पहिलेदेखि अन्य कुनै पनि रोग नभएको प्रतिष्ठानले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया