पहिरोमा बेपत्ता पाँच जनाको शव भेटियो

 तानसेन । बिहीबार बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएका पाल्पाको रम्भा गाउँपालिका–२ बेलौजाका पाँच जनाको शव भेटिएको छ ।

शुक्रबार दिउँसो तीन जनाको शव भेटिएको थियो भने शुक्रबार राति थप दुई जनाको शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीका अनुसार गएराति घरमूली ६० वर्षीय हुमबहादुर गाहा र उनकी श्रीमती ५० वर्षीया हुमीसरा गाहाको शव भेटिएको छ ।

शुक्रबार दिउँसो कृष्णमाया गाहा, लक्ष्मी गाहा, र खुसीसारा आलेको शव भेटिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया