आज कहाँ कति थपिए कोरोमा संक्रमित ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सबै भन्दा धेरै काठमाडौं उपत्यकामा ६४५ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंका मात्र ५०३ जना छन् । ललितपुरका ९१ र भक्तपुरका ५१ जना संक्रमित थपिएका छन् ।

यस्तै मोरङका ६९ जना, चितवनका ६७, रुपन्देहीका ६१, महोत्तरीका ५५, सर्लाहीका ३९, बाँकेका ३२, सुनसरीका २८, अछाम र बझाङका २५/२५ जना, नवलपुरका २४, कास्कीका १९, गोरखाका १६, पर्साका १५, झापा र सल्यानका १४/१४ जना, सिराहा र प्युठानका १३/१३ जना, धनुषाका ११, बाराका १०, मकवानपुर, दाङ र सुर्खेतका ९/९ जनामा संक्रमण पुष्टि भएको छ ।

बाग्लुङका ८ जना, काभ्रेका ७ जना, कपिलवस्तु, गुल्मी, पाल्पा, बर्दिया र कैलालीका ६/६ जना, लमजुङका ५ जना, धादिङ, रामेछाप, स्याङ्जा र अर्घाखाँचीका ४/४ जना, खोटाङ, सप्तरी र नुवाकोटका ३/३ जना, सिन्धुपाल्चोक, सिन्धुली, नवलपरासी र डोटीका २/२ जना तथा ताप्लेजुङ, तेह्रथुम, रौतहट, दोलखा तनहुँ, दैलेख, कञ्चनपुर र दार्चुलाका १/१ जनामा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।\

पछिल्लो २४ घण्टामा १३१३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया