नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३१३ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशाला भएको १२ हजार २६२ नमुना परीक्षण बाट ४५३ महिला र ८६० पुरुषमा आज संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कुल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ । उनीहरुमध्ये ४५९ जनाको मृत्यु भएको छ भने ५१ हजार ८६६ संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १,४५५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया