बुटवलमा कपिलवस्तुकी कोरोना संक्रमित महिलाको मृत्यु

बुटवल । बुटवलस्थित कारोना विशेष अस्थायी अस्पतालमा कपिलवस्तुकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार उपचारको क्रममा कपिलवस्तुको बनगाइकी ७० वर्षीया वृद्धाको बिहीबार साँझ साढे ५ बजे मृत्यु भएको हो ।

उनी असोज ५ गते अस्पताल भर्ना भएकी थिइन् । उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको भएपनि बचाउन नसकिएको अस्पतालले जनाएको छ । उनी दमका रोगी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया