भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ५७ लाख ३२ हजार

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ५७ लाख ३२ हजार नाघेको छ ।

विगत २४ घण्टाको अवधिमा ८६ हजार ५०८ जना नयाँ संक्रमित थपिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा एक हजार १२९ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको कूल संख्या ९१ हजार १४९ जना पुगेको छ ।

भारतमा हाल ९ लाख ६६ हजार सक्रिय संक्रमित छन् भने ४६ लाख ७४ हजार ९८८ जना निको भएर डिस्चार्ज भइसकेका छन् ।

भारतीय राज्य महाराष्ट्र सबैभन्दा प्रभावित रहेको छ । त्यहाँ हालसम्म २ लाख ७४ हजार सक्रिय संक्रमित छन् भने ९ लाख ५७ हजार निको भएकार छन् । यहाँ ३३ हजार ८८६ जनाको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदले सेप्टेम्बर २३ तारिखसम्म कूल ६ करोड ७४ लाख ३६ हजारको परीक्षण गरिएको जनाएको छ । पछिल्लो एक दिनमा मात्र ११ लाख ५६ हजारको स्वास्थ्य परीक्षण गरिएको थियो । मन्त्रालयका अनुसार कोरोनाभाइरस संक्रमितहरुको निको हुने दर पाँचौं दिनसम्म लगातार वृद्धि भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया