आज कहाँ कति थपिए कोरोना संक्रमित ?

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १४ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

संक्रमित मध्य ६०९ जना काठमाडौं जिल्लामा , चितवनमा १३७ जना , ललितपुरमा ९५ जना , ८६ जना रुपन्देहीमा , मोरङमा ७३ जना , बाँकेमा ५३ जना , भक्तपुरमा ५१ जना, कैलालीमा ४५ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै बर्दियामा २४ , पर्सा, सिराहामा २३, मकवानपुरमा २१, तनहुँमा १७, सप्तरीमा १६, नवलपरासी पूर्व र नवलपरासीमा १४/१४, सुनसरीमा १३, ओखलढुंगा, काभ्रेपलाञ्चोक, बाग्लुङमा १२/१२, धनुषा र बैतडीमा १०/१०, गोरखा र दाङमा ९/९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नुवाकोट, कास्की र स्याङ्जामा ८/८, बारा, पर्वत र प्युठानमा ६/६, सिन्धुलीमा ५, झापा, महोत्तरी, रौतहट, धादिङ, गुल्मी, पाल्पा, सल्यान, कञ्चनपुर र डोटीमा ४/४, संखुवासभा, दोलखा, अर्घाखाँची र सुर्खेतमा ३/३ जना, उदयपुर, लमजुङ, कपिलवस्तु, दैलेखमा २/२, भोजपुर, सर्लाही, रामेछाप, अछाम, डडेल्धुरा र दार्चुलामा १/१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया