थप १४ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १४ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ४४९ जनाको पीसीआर परीक्षण गर्दा १४ सय ९७ जनामा कोरोना संक्रमण भएको हो यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६९ हजार ३०१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भई ४५७ जना डिस्चार्ज भएका छन् । बिहीबारसम्म ५० हजार ४११ जना कोरोनामुक्त भएका छन् ।

कोरोना भाइरस संक्रमणका कारण हालसम्म नेपालमा ४ सय ५३ जनाको मृत्यु  भएको मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा  जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया