बाढीले जीप बगाउँदा एकको मृत्यु, दुई जना बेपत्ता

कपिलवस्तु । बाढीले आज जीप बगाउँदा कपिलवस्तुमा एक जनाको मृत्यु भएको छ ।

वाणगङ्गा नगरपालिकाको कोइली खोलामा आएको बाढीले नेपाल विद्युत् प्राधिकरणको बा १ च १०८९ नम्बरको जीप बगाउँदा गुल्मी रेसुङ्गा– ९ उपल्लो तम्घासका सवारी चालक ३५ वर्षीय माधव पाण्डेको निधन भएको हो ।

नेविप्रा जितपुर फ्युज सेवाका प्रमुख कृष्ण पौडेल र नाम नखुलेका एक जना बेपत्ता भएका छन् । जीपमा नेविप्राका चार कर्मचारी र सर्वसाधारण दुई जना सवार थिए ।

घटनास्थलमा अहिले सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीले खोजतलास जारी राखेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया