संयुक्त कथासंग्रह ‘छकालै’ बजारमा

काठमाडौं । समकालीन २० युवा स्रष्टाहरुको संयुक्त कथासंग्रह ‘छकालै’ बजारमा आएको छ । पुस्तकमा यस समयम साहित्यमा सक्रिय रहेका २० युवा कथाकारका एक एक कथा छन् ।

पुस्तकमा कथाकार अनिल वान्तवा, अन्जना इछमफूल, अन्शु खनाल, अन्वेश थुलुङ, बाबु साहेब, विकास, दीपा मेवाहाङ राई, देव व्रत, खेम बतास, कृष्णप्रसाद अर्याल, कुन्साङ, मनोज विश्वकर्मा, नदीश, निमेषराज सापकोटा, निर्भीकजंग रायमाझी,नवीन, प्रज्वल अधिकारी, संगीत मगर ,समर्पण श्री र सागर चन्दका कथा छन् ।

नबिनले सम्पादन गरेको किताबलाई इन्डिगो इन्कले प्रकाशन गरेको हो । सग्रहको मूल्य रु ३ सय ९९ रहेको छ । संग्रह बिभिन्न पुस्तक पसल तथा ‘किताब यात्रा’ र ‘थुप्रै डटकम’ अनलाइनबाट समेत खरिद गर्न सकिने प्रकाशक विष्णुकुमारले जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया