आज कहाँ कति थपिए कोरोना संक्रमित ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ११७२ जनामा कोभिड-१९को संक्रमण पुष्टि भएको छ। आज काठमाडौं उपत्यकामा मात्र ६३७ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौं जिल्लाका ४९२ जना ,भक्तपुर जिल्लाका ९५ र ललितपुर जिल्लाका ५० जना रहेका छन् ।

यस्तै रुपन्देहीका ६७ जना, सुर्खेतका ४९, मोरङका ४४, सुनसरीका ३७, बाँकेका ३०, गुल्मीका २८, कास्की र अछामका २२/२२ जना, सर्लाहीका २१, बर्दियाका १९, डोटीका १७, मकवानपुरका १६, धादिङ र कैलालीका १४/१४ जना, सप्तरीका १२, सिराहाका ११, काभ्रे र नवलपुरका १०/१० जना तथा झापाका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

साथै तनहुँ र कपिलवस्तुका ६/६ जना, गोरखा, जमजुङ, स्याङ्जा र नवलपरासीका ५/५ जना, बाराका ४, धनुषा र कञ्चनपुरका ३/३ जना, पाँचथर, रौतहट, नुवाकोट, बाग्लुङ, दाङ, दार्चुला र बैतडीका २/२ जना तथा उदयपुर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, महोत्तरी, चितवन, पर्वत, म्याग्दी र बझाङका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया