११७२ जनामा कोभिड-१९को संक्रमण पुष्टि

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ११७२ जनामा कोभिड-१९को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ९४५९ नमुना परीक्षण गर्दा ७४६ पुरुष र ४२६ महिलामा संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ । उनीहरुमध्ये ४३६ जनाको मृत्यु भएको छ भने ४९ हजार ९५४ जना संक्रमणमुक्त भएका छन्

पछिल्लो २४ घण्टामा १८९३ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया