आईपीएल: राजस्थान रोयन १९ रनले विजयी

काठमाडौं । राजस्थान रोयलले मंगलबार इन्डियन प्रिमियर लिग (आईपीएल)को आफ्नो पहिलो खेलमा चेन्नाईलाई १९ रनले पराजित गरेको छ ।
खेलमा चेन्नईले टस जितेर पहिले बलिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको राजस्थान रोयल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१६ बनाएको थियो। राजस्थानका लागि संजु सामसनले ७४ रन जोडेका थिए।
जवाफमा ब्याटिङ गरेको चेन्नई २० ओभरमा ६ विकेटको क्षतिमा २०० रनमै सिमित भयो। चेन्नईका लागि डुप्लेसीले ७२ रन जोडे पनि जिताउन भने सकेनन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया