राजस्थानले दियो चेन्नईलाई २ सय १७ रनको लक्ष्य

काठमाडौं, ६ असोज : यूएईमा जारी आइपीएल मा चेन्नई सुपर किंग्सलाई राजस्थान रोयल्सले २ सय १७ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १६ रन बनायो ।

उसका लागि सञ्जु स्यामसन र कप्तान स्टिभ स्मिथले उत्कृष्ट ब्याटिङ गरे । सञ्जुले ३२ बलमा ९ छक्का र १ चौकासहित ७४ रन बनाए ।

स्मिथले ४७ बलमा चार छक्का र चार चौका हिर्काउँदै ६९ रनको योगदान दिए । त्यस्तै, राहुल तेवटिया १०, यशस्वी जैसवाल समान ६, रबिन उथप्पा रनमा आउट भए । त्यस्तै, जोफ्रा आर्चरले अविजित २७ र टम कुरानले नटआउट १० रन बनाए ।

बलिङमा चेन्नईका साम कुरानले ३, पियूष चावला, दीपक चाहर र लुंगी एन्गीडिले एकएक विकेट लिए ।

जारी सिजनमा सीएसकेको यो दोस्रो म्याच हो । उसले पहिलो खेलमा गत विजेता मुम्बई इण्डियन्सलाई हराएर विजयी सुरुवात गरिसकेको छ । राजस्थानले भने आइपीएल २०२० मा पहिलो म्याच खेल्दै छ ।

पछिल्ला पाँच म्याचमा राजस्थानले एक खेलमा मात्र सीएसकेलाई हराउन सफल भएको छ । यो सिजनमा राजस्थानमा स्टिभ स्मिथ र चेन्नईमा भने महेन्द्रसिंह धोनी नै कप्तान छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया