कोरोना सङ्क्रमितको घरमै मृत्यु, स्वास्थ्य कार्यालय रिपोर्टमा भने फरकफरक अस्पताल

सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिका–१ का ४९ वर्षीय कोरोना सङ्क्रमितको पुरुषको घरमै मृत्यु भएको छ । तर स्वास्थ्य कार्यालय सप्तरीले भने उनको मृत्यु फरकफरक अस्पतालमा भएको जनाएको छ ।

स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मत्यु भएको बताउए भने कोभिड–१९ को सप्तरीको तथ्याङ्क राख्ने सोही कार्यालयका मलेरिया इन्स्पेटर नारायण राउत बरैले गोल्डेन अस्पताल विराटनगरमा मृत्यु भएको जानकारी दिए ।तर मृतकका परिवारका सदस्यले घरमै मृत्यु भएको स्पष्ट पारेका छन् ।

नौ दिनअघि नरिबलको रुखबाट लडेर घाइते भएका उनको गोल्डेन अस्पताल विराटनगरमा उपचारका क्रममा भदौ २९ गते पिसीआर रिपोर्ट पोजिटिभ आएको थियो । उनलाई राजविराज वा धरानस्थित आइसोलेशन केन्द्रमा बस्ने सुझावसहित अस्पतालले पठाएकोमा परिवारले घरमै आइसोलेशनमा राखेको थिए ।

नेपाली सेनाको भीमदल गणको टोलीले गाउँमै शव व्यवस्थापन गरेको मृतकका भतिजा भूपेन्द्रप्रसाद यादवले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया