बर्दियाका कोरोना सङ्क्रमितको कोहलपुरमा मृत्यु

बाँके । कोहलपुरमा उपचारका क्रममा आज बर्दियाका एक कोरोना सङ्क्रमतिकोे निधन भएको छ । बर्दिया ठाकुरबाबा नगरपालकिाका ६४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए अनुसार उनको कोहलपुर मेडकिल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

यससँगै बाँकेमा उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या पाँच जना पुगेका छ। यस अघि कैलाली, अछाम, अर्घाखाँची र सुर्खेतका कोरोना सङ्क्रमितको बाँकेमा मृत्यु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया