पछिलो २४ घन्टामा देशभर १३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ । पछिलो २४ घन्टामा देशभर १३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभरका विभिन्न प्रयोगशालामा ११ हजार १ सय ५४ पीसीआर परीक्षणमा १३ सय ५६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबारको पत्रकार सम्मेलनमा जानकारी दिएको हो । नेपालमा हालसम्म संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ।

त्यसैगरी २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ८२३ रहेको छ । यो सँगै हालसम्म कोेरोना संक्रमण निको हुनेको संख्या ४८ हजार ६१ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ९ लाख ४९ हजार ७७ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार १ सय ७१ जना रहेका छन् । त्यसैगरी सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ४२ जना रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया