रोल्पाका दुई महिला ९ किलो ८२ ग्राम लागुऔषध अफिम सहित पक्राउ

रोल्पा । नौ किलो ८२ ग्राम लागुऔषध अफिमसहित रोल्पामा प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाबाट खटिएको प्रहरी टोलीले सोमबार बेलुका लागुऔषधसहित दुई महिला पक्राउ गरेको मंगलबार जानकारी दिएको हो ।
अफिम ओसार पसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रोल्पाबाट खटिएको प्रहरी निरीक्षक शंकर खड्का नेतृत्वको टोलीले ती महिलालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा थवाङ गाउँपालिका- २ ठूलो गाउँ बस्ने वर्ष ३६ की बिनज्योति रोका र ४५ वर्षीया मुली झाँक्री रहेको प्रहरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया