पहिरोमा पुरिएर गुल्मीमा २ जनाको मृत्यु,एकजना घाइते

गुल्मी । पहिरोमा पुरिएर गुल्मीमा २ जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

बाटोमाथिबाट खसेको पहिरोमा परेर इस्मा गाउँपालिका वडा नम्बर–२ रातचौरमा ३९ वर्षका प्रेमबहादुर कुमाल र सोही ठाउँका ५ वर्षका सफल कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक केदारराज पन्तले जानकारी दिए ।

पहिरोमा ६० वर्षका तिलक कुमाल घाइते भएका छन् । घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको उनले बताए । उनको अवस्था समान्य रहेको छ । उनीहरु सोमबार साँझ आफन्तको घरमा पुजामा सहभागी भएर फर्किँदै थिए । सोही क्रममा बाटोमाथिबाट खसेको पहिरोमा परेर उनीहरुको ज्यान गएको हो ।

पहिरोबाट निकालिएका शवलाई पोष्ट मार्टमको लागि गुल्मी अस्पताल लगिएको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया